Mahuri Magazine Blog . परदेशीहरुको अवाज . Human resource is the wealth of nation
जानकारी
यो डिजिटल म्यागाजिन_ब्लग निर्माणकै अवस्थामा रहेको छ। अन्य परिस्थिहरु यथावत रहेमा आगामी जनवरीको १४-१५ तारिखका दिन प्रकाशित गर्नेगरी तयारी भईरहेको छ। प्रस्तुत सामाग्री र डिजाईन नमुनाको लागि (BETA) हो। अहिले पत्राचारको लागि प्रयोग गरिएको म्यागाजिनको नाम (परदेशी) को लागि पनि अझै प्रतिकात्मक र प्रभावकारी शब्दहरु प्रस्तावित छन्; त्यसैले हामीलाई शुभकामना राखेर फलो (ईमेल, सामाजिक संजालमा) गर्दै रहनु होला। हामी तपाईलाई छिट्टै भेटने छौं। साथै तपाईंका लेख रचना पठाउन नभुल्नुहोला प्रतिक्षाको लागि धन्यवाद !
कतिपय सामाग्रीहरु अन्तिम मितिका लागि प्राईवेट गरेर राखिएका छन
आगामी आकर्षण
परदेश मानिसको ईच्छाले हुनुपर्ने हो, न कि वाध्यताले
वातावरणमा देखिएको संकटले प्रवासीहरुको अवस्थामा पर्न सक्ने प्रभाव
आप्रवासिहरुमा खाध्य सुरक्षा (Food security) को अवस्था
के हो गैह्र नागरिक (non-citizen) भनेको? प्रजातन्त्र र मानवाधिकारका अन्तराष्ट्रिय मान्यताहरुले गैह्र नागरिकको हक अधिकार स्थापित गर्न सकेको छ?
नेपालले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र दीगो बनाउन के गर्नु पर्छ ?
प्रवास (माईग्रेसन- migration) बारेको जानकारी सहित परदेशमा नेपालीहरुको अवस्था
लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको शुभकामना मन्तब्य
आदि बिषय समेटेर ‘परदेश’को पहिलो परिचयात्मक अंक छिट्टै प्रकाशित हुँदैछ।
ईमेल मार्फत यस म्यागाजिनको सदस्यता लिन नभुल्नुहोला; यस म्यागाजिनको प्रकाशित हुनेबित्तिकै तपाईं (सदस्यहरु) को इमेलमा पठाईने छ । तपाईको सहयोग, सुझाव र प्रतिक्रियाले यस म्यागाजिनलाई स्तरिय सूचनामुलक बनाउन सहयोग मिल्नेछ । धन्यवाद
Feature images above: Bees from the UN, and Man walking on the mountain from Unsplash
तुलसी सुवेदी काठमाडौं : कोरोना भाइरस(कोभिड १९) ले धेरै नेपालीहरु चरम गरिबीको रेखामुनि धकेलिने खतरा देखिएको भन्दै त्यसबाट जोगाउन गैरआवासीय नेपालीहरुले सहकार्य गर्ने उद्घोष गरेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आयोजनामा भर्चुअलरुपमा तीन दिनसम्म सञ्चालन भएको दोस्रो विश्वज्ञान सम्मेलनले नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ। उत्पादन बढाउनका लागि कृषि नीतिमा कृषकको आय श्रोतले… Continue reading एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै
सीता शर्मा कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर… Continue reading कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने
सीता शर्मा काठमाडौँ, भदौ १५ गते । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण… Continue reading नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा
प्रेमलकुमार खनाल नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण आप्रवाहको योगदान औसत २५ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७६÷०७७ मा उल्लेख गरिएको छ । विप्रेषण रकम भनेको देशभित्र रोजगारीका अवसर नहुँदा कामको खोजीमा जाने नेपाली श्रमिकले विदेशमा श्रम गरेर बचत गरेको रकम हो । तर, अहिले कोरोनाका कारण विदेशमा काम गर्न गएका ती श्रमिक सबैभन्दा बढी समस्यामा परेका छन् । नेपालबाट… Continue reading महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था
दुबईबाट नेपाल फर्कने भनेर विमानस्थलमा चेक-इन भइसकेका नेपाली श्रमिकलाई छाडेर नेपाल वायुसेव निगमको जहाज रित्तै आयो; गत भदौ, एक गते! साँझ ५ बजे विमानस्थल पुगेका यात्रुलाई राति १ बजे भनियो– उडान रद्द भयो। कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘क्वारेन्टाइन बनाउन पहल गरिरहेको छ, अहिले क्वारेन्टाइन तयारी अवस्थामा छैनन्, त्यसैले कहीँबाट पनि यात्रु ल्याउने… Continue reading दुबईबाट रित्तै जहाज फर्काउनेले क्षतिपूर्ती दिनु पर्छ
त्रिभुवनचन्द्र वाग्ले ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा… Continue reading बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि
हामीलाई यो म्यागाजिनको नाम माहुरी राम्रो हुने मनसुवा पनि छ।
कृपया इमेल वा तलको कमेण्ट बक्समा लेखेर हामीलाई सुझाव दिई सहायोग गरिदिनुहोला ।आफुलाई जुन मनपर्छ त्यसको संकेतका लागि माहुरी, खालि र परदेशी भनेर लेखिदिनुहोला, धन्यवाद !