
गैर आवासीय नेपाली संघ नेपाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्ने लक्ष लिएर प्रकाशित हुन लागेको “परदेशी” को खबरले आफु अत्यन्तै हर्षित भएको जानकारी दिंदै यसको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ।
वहाँले उक्त शुभकामना सन्देशमा व्यवस्थित, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी संघको उदेश्य रहेको व्यहोरा अवगत गराउँदै भन्नु भएको छ- “वैदेशिक रोजगारीमा रहेकाहरुका हकहितका लागि संघ सदैब अग्रसर रहेको छ र यसलाई अझ परदर्शी तथा व्यवस्थित बनाउन संघ सबै सरोकारवालाहरु संग समन्वय र सहकार्य गर्न प्रयत्नरत छ।” वहाँले अगाडि भन्नुभएको छ- सम्बन्धित क्षेत्रमा विद्यमान अवसर र चुनौतिलाई उजागर गर्दै सरोकारवालाहरु माझ सहि सूचना सम्प्रेषण गर्ने अभियानमा “परदेशी” विद्धुतीय पत्रिकालाई सफलता मिलोस!
अन्त्यमा, वैदेशिक रोजगारीका सकारात्मक तथा नकारात्मक पक्षहरुका बारेमा निष्पक्ष समिक्षा गरि पाठकहरु माझ निरन्तर सहि र नविन सूचना मूलक जानकारीहरु पस्कन यस पत्रिकाले सक्षम हुनेछ भन्नेकुरामा आँफू विश्वस्त रहेको कुरा संघका अध्यक्ष कुमार पन्तले जनाउनु भएको छ।