प्रजातन्त्र र मानवाधिकारका अन्तराष्ट्रिय मान्यताहरुले गैह्र नागरिकको हक अधिकार स्थापित गर्न सकेको छ?
स्वदेशमा रहँदा नागरिकका हैशियत रहेको ब्यक्ति भौगोलिक सिमाना छाडेर अर्को देशमा जाने वित्तिकै उसको हैशियत गैह्र-नागरिक हुने गरेको छ। गैह्र-नागरिक त्यस्तो अवस्था हो जसका अधिकारहरु सिमित हुन्छन। नागरिकसंग राजनैतिक अधिकार रहन्छ भने गैह्र-नागरिकसँग त्यस्तो अधिकार रहदैन भनिएको छ। ती अधिकारहरुमा मताधिकारको अधिकार, श्रम युनियनमा प्रतिनिधित्व गर्न पाउने अधिकार र सार्वजनिक सेवामा सहभागी हुन् पाउने अधिकार पर्दछन। यसरि गैह्र-नागरिकले मताधिकारको प्रयोग गरेर विधि निर्माण (संसद) देखि विधि कार्यान्वयन (सार्वजनिक सेवा) बाट बाहिरै रहनु पर्नेहुन्छ। त्यतिमात्र होईन आफुले श्रम बेचिरहेको संस्थाको श्रम युनियनमा प्रतिनिधित्व गर्न पाउने अधिकार समेत नरहने भनिएको छ।
लामो समय प्रवासमा रहेका कारण स्वदेश भित्रको मतदाता लिष्टमा उनीहरुको नाम समावेश गरिएको हुन्न। जो जसको नाम समावेश छ तिनिहरु पनि मताधिकारको प्रयोग गर्नबाट बन्चित रहँदै आएका छन्। जस्तै होष्ट देशमा मताधिकार नभएकाहरुलाई राजदूतावासको संयोजकत्व मिलाएर त्यहि देशबाट परदेशी नेपालीहरुले मतदान गर्न पाउने अधिकारको व्यवस्था कतिपय देशको प्रचलनमा छैन। मताधिकारबाट बन्चित रहेकाहरुले देश र परदेश दुबैलाई मनग्गे लाभ योगदान गर्दै आएका छन। के यसरी अधिकार नभएकाहरुबाट लाभ हासिल गर्नु शोषणको कुनै प्रकार भित्र पर्दैन? प्रश्न सोचनीय छ। यसमा सम्बन्धित मुलुकका गैह्र आवासिय संगठनहरुले समन्वयकारी भूमिका निर्वाह गर्न सकिने देखिन्छ।
त्यस्ता गैह्र नागरिकमा को को पर्दछन त? यस सम्बन्धमा संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धि संगठन Office of the high commissioner for human rights United nations , OHCHR गरेको व्याख्या सस्तो छ (जस्ताको तस्तै) “There are different groups of non-citizens, including permanent residents, migrants, refugees, asylum-seekers, victims of trafficking, foreign students, temporary visitors, other kinds of non immigrants and stateless people.”
त्यसैगरी David Weissbrodt को किताव The Human Rights of Non-citizens मा भनिएको छ “उनीहरुको नागरिकता जे भए पनि त्यस्ता गैह्र-नागरिकहरुलाई मानवियताको नाताले सबै मानव अधिकारको प्रयोग गर्न दिइनुपर्छ। यस्ता अधिकार पाउनबाट कतिपय देशहरुले बन्चित गर्दै आएका छन।
जन्मका आधारमा पाउने नागरिकताको बारेमा पनि एकरुपता छैन। प्रश्न छ कि- अविभाक जहाँसुकैको भए पनि जन्मकै आधारमा कुनै पनि वालवालिकाहरुलाई जन्म भएको देशले नागरिकता स्वत: दिनुपर्छ? भन्ने प्रश्नमा धेरै मुलुकहरुले “हुँदैन” भन्दै आएको कुरालाई द गार्जियन ले रिपोर्टिङ्ग छापेको छ। तर वेलायतमा यो व्यवस्थालाई यदि बाबु-आमाले वेलायती नागरिकता वा स्थायी बसोवासको अनुमति पाईसकेको अवस्थामा सन १९८३ पछि जन्मेका बच्चाहरुलाई वेलायती नागरिकता दिने व्यवस्था छ, भनिएको छ।
यस बिषयमा क्रमश: लेखहरु लेखौंला, यदि तपाईलाई रुचि लाग्यो भने हामीलाई तलको कमेण्ट बक्समा लेखी पठाउनुहोला!
Feature image: Photo by Ron Dauphin on Unsplash
1 thought on “के हो गैह्र नागरिक भनेको?”