
वेलायत | संयुक्त अधिराज्य (वेलायत)का लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीले परदेशी डिजिटल म्यागाजिन_ब्लगको सफलताको लागि शुभकामना सन्देश पठाउनु भएको छ। साथै वहाँले “नयाँ वर्ष २०२० को शुभ र सुखद उपलक्ष्यमा वेलायतमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, समृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त” गर्नुभएको छ।
यसै अवसरमा “परदेशी’ जस्ता रचनात्मक र सकारात्मक कार्यहरुले प्रवासमा पनि नेपाली भाषा, साहित्य, कला, संगीत, संस्कृति, पर्व, परम्परा र सभ्यता जीवन्त राख्दै सदभावना, सहभावना, सहकार्य र भ्रातृत्वपूर्ण एकतामा थप योगदान पुग्नेछ, भन्ने वहाँको विश्वास रहेको छ। बेलायतबाट पनि नेपाल भ्रमण बर्ष २०२० को अवसरमा एक लाखभन्दा बढी पर्यटकहरु नेपाल पठाउने वेलायत स्थित नेपाली राजदूतावासको प्रतिवद्धता रहेको र त्यसलाई सफल बनाउनका लागि सबैको सहयोग आवश्यक भएको कुरा वहांले शुभकामना सन्देशमा ब्यक्त गर्नु भएको छ। त्यसैगरी “परदेशी’ ले वेलायतमा नेपाल र नेपालीको परिचय, पहिचान र प्रतिष्ठा बढाउने कार्यमा महत्वपूर्ण योगदान गर्नेछ भन्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत सार्थक योगदान पुग्ने कुरामा महामहिम राजदूत सुवेदीले विश्वास गर्नुभएको छ।
वहाँले सन्देशमा, वेलायतमा रहेर नेपाली डायस्पोरा विकास र विस्तार का लागि सक्रिय युवाहरुद्वारा प्रकाशन गर्न लागिएको ‘परदेशी’ को सफलताको निम्ति हार्दिक शुभेच्छा व्यक्त गर्दछु भन्नुभएको छ
संयुक्त अधिराज्य (वेलायत)का लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीले आफ्नो ब्यस्त समयका वावजुद पनि ‘परदेशी’ को सफलताको लागि शुभकामना संदेश पठाई हामीलाई हौसला प्रदान गरिदिनु भएकोमा हामी वहाँ र रादूतावास परिवार प्रति हार्दिक धन्यवाद दिन चाहान्छौं।
शुभकामनाहरु

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीको शुभकामना सन्देश
राजदूतावासबाट हामीलाई प्राप्त PDF पत्रको सक्कल Link : https://nepalimigrantshome.files.wordpress.com/2020/01/massage-ambassador.pdf शुभकामना सन्देशको पूर्णपाठ सर्वप्रथम नयाँ वर्ष २०२० को शुभ र सुखद उपलक्ष्यमा वेलायतमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, समृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । वेलायतमा रहेर नेपाल र नेपालीका लागि र वेलायतको नेपाली डायस्पोरा विकास र विस्तारमा सक्रिय… Continue reading संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीको शुभकामना सन्देश

सफलताको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश
सक्कल प्रति, यो लिंकमा हेर्नुहोस शुभकामना संदेशको पूर्ण पाठ श्री जगदिश वाग्लेज्यू, सम्पादक, परदेशी विधुतिय पत्रिका । मितिः २० पौष, २०७६ । बिषयः शुभकामना । महोदय, नेपालको अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्नेगरि विधुतिय पत्रिका “परदेशी” प्रकाशनमा आउन लागेको जानकारीले म अत्यन्तै हर्षित भएको छु । व्यवस्थित, सुरक्षीत तथा मर्यादित वैदेशिक रोजगारी हाम्रो… Continue reading सफलताको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश

एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश
शुभकामना ! सबभन्दा पहिला त प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर सुचनामुलक अनलाइन पोर्टल परदेशी वी ब्लग (नेपाली माइग्रेन्ट्स) सञ्चालनमा आउन लागेको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ । यस अनलाइनमा आबद्ध श्री जगदिश वाग्लेसहित सिंगो टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । अहिलेको आधुनिक युग नै सुचनाको… Continue reading एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

एनआरएन अध्यक्षबाट सफलताको कामना
गैर आवासीय नेपाली संघ नेपाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्ने लक्ष लिएर प्रकाशित हुन लागेको “परदेशी” को खबरले आफु अत्यन्तै हर्षित भएको जानकारी दिंदै यसको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ। वहाँले उक्त शुभकामना सन्देशमा व्यवस्थित, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी संघको उदेश्य रहेको व्यहोरा… Continue reading एनआरएन अध्यक्षबाट सफलताको कामना