
शुभकामना !
सबभन्दा पहिला त प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर सुचनामुलक अनलाइन पोर्टल परदेशी वी ब्लग (नेपाली माइग्रेन्ट्स) सञ्चालनमा आउन लागेको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ । यस अनलाइनमा आबद्ध श्री जगदिश वाग्लेसहित सिंगो टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।
अहिलेको आधुनिक युग नै सुचनाको युग हो । पछिल्लो क्रममा नाटकीय रुपमा भएको इन्टरनेटको तिव्र विकास र बिस्तार भएको यसको पहूँचले आज सिंगो संसार नै एउटा सानो गाउँजस्तै बनेको छ । यहि सन्दर्भले नै आजको युगमा अनलाइन सञ्चार माध्यमहरुको महत्व, औचित्य र प्रभावकारितालाई पुष्टि गर्दछ भन्ने मलाई लाग्दछ ।
अहिले दशौं लाख नेपालीहरु प्रवासमा छन् । प्रवासी नेपालीहरुको लागि चासो र आवश्यकता रहने विभिन्न जानकारी मुलक सुचनाहरुको लागि मात्र नभएर प्रवासमा उनीहरुको अवस्था, जिवन भोगाइ र सिकाइ तथा अनुभवहरु बाँकी विश्वमाझ मुखरित गर्ने सञ्चार माध्यम पनि आज निकै आवश्यक छ ।
प्रवासी नेपालीहरु कै लागि भनेर सुरु हुन लागेको यस अनलाइनले आजको यहि आवश्यकतालाई सम्बोधन गर्दै विभिन्न कुनामा रहेका सबै नेपालीहरुको समावेशी एवम् प्रतिनिधि आवाज बनेर एक सत्य, निश्पक्ष र विश्वसनीय सञ्चार माध्यमका रुपमा आफुलाई स्थापित गर्न सक्षम हुनेछ भन्ने मेरो विश्वास छ ।
सम्पुर्ण टिमलाई पुनः एकपटक बधाई र शुभकामना । धन्यवाद ।
पुनम गुरुङ
अध्यक्ष
गैरआवासीय नेपाली संघ यूके
‘परदेशी’ को सफलताको लागि शुभकामना

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीको शुभकामना सन्देश
राजदूतावासबाट हामीलाई प्राप्त PDF पत्रको सक्कल Link : https://nepalimigrantshome.files.wordpress.com/2020/01/massage-ambassador.pdf शुभकामना सन्देशको पूर्णपाठ सर्वप्रथम नयाँ वर्ष २०२० को शुभ र सुखद उपलक्ष्यमा वेलायतमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, समृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । वेलायतमा रहेर नेपाल र नेपालीका लागि र वेलायतको नेपाली डायस्पोरा विकास र विस्तारमा सक्रिय… Continue reading संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीको शुभकामना सन्देश

सफलताको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश
सक्कल प्रति, यो लिंकमा हेर्नुहोस शुभकामना संदेशको पूर्ण पाठ श्री जगदिश वाग्लेज्यू, सम्पादक, परदेशी विधुतिय पत्रिका । मितिः २० पौष, २०७६ । बिषयः शुभकामना । महोदय, नेपालको अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्नेगरि विधुतिय पत्रिका “परदेशी” प्रकाशनमा आउन लागेको जानकारीले म अत्यन्तै हर्षित भएको छु । व्यवस्थित, सुरक्षीत तथा मर्यादित वैदेशिक रोजगारी हाम्रो… Continue reading सफलताको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश

एनआरएन अध्यक्षबाट सफलताको कामना
गैर आवासीय नेपाली संघ नेपाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्ने लक्ष लिएर प्रकाशित हुन लागेको “परदेशी” को खबरले आफु अत्यन्तै हर्षित भएको जानकारी दिंदै यसको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ। वहाँले उक्त शुभकामना सन्देशमा व्यवस्थित, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी संघको उदेश्य रहेको व्यहोरा… Continue reading एनआरएन अध्यक्षबाट सफलताको कामना