अब हामी माहुरी भएका छौं | किनभने महको खोजीमा निस्केका माहुरी र रेमिट्यान्स भित्र्याउने परदेशीको बिचमा हामीले धेरै समानता पाएका छौं । प्रकाशनको समयमै हामी दोधारमा थियौं कि परदेशी वा माहुरी; कुन नाम ठिक होला! त्यहि भएर नै परदेशीको प्रतिक चिन्हमा शुरुदेखि नै माहुरी अंकित रहेको छ। वास्तवमा सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको अनुपम यथार्थ हुन- माहुरीहरु र तिनको समाज! अनगिन्ति चुनौतिहरुको सामना गरेर घारमा मह निकाल्ने माहुरी नै रेमिट्यान्स भित्र्याउने परदेशिहरुको यथार्थ प्रतिक हुन । परदेशीको प्रतीकात्मक शब्दका रुपमा माहुरीलाई चयन गर्दै आयन्दा माहुरी हुने निधो गरेका हौँ । त्यसैले यो म्यागाजिनको नाम परदेशिबाट माहुरी राख्न पाउँदा हामीलाई झन खुसी लागेको छ ।
सहयोग र सुझावका लागि धन्यवाद
– जगदीश
