
फिक्कल-५, सिन्धुली /हाल कतार
साथी
शब्द सामान्य
सम्बन्ध पनि सामान्य ।
तर
सबैको हकमा
उस्तै नहुन सक्छ ।
हुन नहुन दुबै पाउँछ ।
साथी
जो नभए पनि चल्छ ।
तर जो नभई पनि हुन्न ।
यो
सम्बन्ध नै
गज्वको रैछ ।
जन्मेदेखी
अर्थात आफुले
थाहा पाइन्जेल सम्म ।
बालक – बृद्व
सबैको साथी हुन्छ र चाहिन्छ पनि ।
जहाँ
जहिले
र
जो संग पनि
बन्न सकिने
सजिलो सम्बन्ध साथी ।
भाँडाकुटी खेल्दादेखि
गोठालो जाँदा
हाट बजार मेलापात मात्र नभएर
स्कुल पढ्दा
कलेज पढ्दा
जागिर खाँदा
अध्यन अध्यापनको
ज्ञान आर्जन गरे संगसंगै
कमाउ धन्दामा लाग्दै गर्दासम्म
साथिको लर्को पनि उत्तिकै थपिने ।
अझ
त्योभन्दा छिटो
त्योभन्दा सजिलो
जिन्दगीको यात्रा गर्दा
पैदल यात्रामा,
बस यात्रामा होस या हवाई यात्रामा
सजिलै नजिकिन सकिने सम्बन्ध साथी ।
फोनको माध्यमबाट
ईन्टरनेटको माध्यमबाट
फेसबुक, भाइवर, इमो, वाट्सव इत्यादि –
हुँदै जोडिन सकिने सम्बन्ध साथी ।
त्यति मात्र
कहाँ हो र ?
साथिको साथी पनि
साथिको आफन्तजन पनि
सजिलै साथी बनिदिने,
कति सजिलो छ ।
बुवाआमा
दाजुभाइ, दिदि, बहिनी
आफन्तको साइनो
कसैगरी बदल्न मिल्दैन ।
तर साथी ?
एउटा
चित्त नबुझे
अर्को बनिदिन्छन् ।
अर्को चित्त नबुझे अर्कै ।
साथीहरु बद्लिरहन्छन्
कुनै यात्रामा निस्कँदा
ठाउँ बद्लिए झैँ, स्थल थपिए झैँ
साथिहरू थपिदै जान्छन ।
समय
परिस्थिति
बदलिए जस्तै
साथिको सम्बन्ध
थपिने र घट्ने क्रम जारी रहन्छ ।
कुरो यत्तिमात्र;
जिन्दगीको यात्रामा
रमणिय क्षण सम्झिए जस्तै
रमणिय ठाउँ सम्झिए जस्तै
कस्लाई सम्झिरहने
कस्लाई नसम्झने निर्णय आफ्नो हुन्छ ।
तर
साथी शब्दमा सामान्य
सम्बन्ध अपरम्पार छ ।
पुरुषोतम सुनुवार
फिक्कल-५, सिन्धुली/हाल कतार
पाठक/सदस्य बन्नुहोस