नेपालमा पहिलो कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी थिइन् तर श्वास्प्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा बिहीबार राति १० बजे मृत्यु भएको थियो । ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन् र २५ गते डिस्चार्ज भएपछि बाह्रबिसे लगिएको थियो ।
मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ । बच्चाको स्वाब पनि परीक्षण गर्न लागिएको छ ।
स्वासप्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो । पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । रिपोर्ट आएपछि सोही अनुसार गर्ने निर्णय पनि गरिएको छ । श्रोतका अनुसार भनिएको छ- ‘हामीले अनेक प्रयास गर्यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’
उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । अस्पतालको आकस्मिक कक्षलाई सिल गरिएको र त्यसलाई निरन्तरता दिने बताइएको छ ।
त्यसैगरी धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ ।
नेपालमा यो नै कोरोना भाइरसबाट पहिलो मृत्यु हो । समाचार श्रोत : कान्तिपुर अनलाईन (16 May 2020)
कोरोना सङ्क्रमित बढिरहेको अहिलेको अत्यन्त जोखिमयुक्त समयमा सरकारले त्यसको रोकथाम र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पेर भाग्न खोजेको छ। अर्बौं स्वाहा पारेर रित्तिएको सरकारले स्रोत साधान नभएका स्थानीय तहबाट त्यस्तो कठिन कार्यको सहज सम्पादन गराउन खोज्नु असम्मभव देखिन्छ…
गीत तथा संगीतकार योगेश अमात्यले “लोग्ने मानिस भएर रुनु हुन्न रे”भन्ने एउटा गीत गाएका छन् । गीतको आशय नेतृत्वकारी भूमिकामा रहेको पुरुष रुने, कमजोर देखिने वा अस्थिर देखिने हो भने उसको नेतृत्व विस्तारै असफल घोषित हुँदैजानेछ । सारा जनमानस नै कमजोर हुन्छ । समाजको प्रतिरोधात्मक क्षमता कमजोर देखिन्छ । यस्तो वेलामा लिएका निर्णय सही नहुन… Continue reading कोरोना र शक्ति ध्रुविकरण
इन्द्रबहादुर आङबो ठूला–ठूला पूर्वाधार निर्माण आ–आफ्नै तह र क्षेत्राधिकारको रुपान्तरणकारी आयोजनासहित दोहोरो अंकको आर्थिक बृद्धि दर पुर्याउने महत्वाकांक्षी जस्तै लाग्ने वजेट विगत २ आर्थिक बर्ष तीनै तहको सरकारले प्रस्तुत गरेका थिए । अहिले संविधानको मर्म र भावना अनुसार संघीयताको कार्यवन्यन र दोहोरो अंकको आर्थिक बृद्धि दरसहित समृद्धिको तिब्र गतिलाई कोभिड १९ को महामारीले गम्भीर धक्का… Continue reading स्रोत छैन, खर्च कटौती गरौं
पछिल्लो समय कोरोनाको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या अमेरिकामा ६१,६१८; वेलायतमा २६,०९७ नाघेको छ । अस्पतालाबाहेक केयर होममा थप ३ हजार भन्दा धेरै मृत्यु भएको कुरा आजको प्रेस ब्रिफिंगमा बताईएको छ । नेपालमा संक्रमित हुनेहरुको संख्या ५७ पुगेको कुरा बताईएको छ । संयोग नै मान्नु पर्छ कि नेपालमा हालसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको खबर… Continue reading हामी कोरोना पछि भेट हुँदा विश्वमा विभेदको अन्त्य भएको हुनु पर्छ
कोरोनाको संख्या बढिरहेका वेला स्पेन सरकारले सबै प्राईवेट अस्पताल र स्वास्थ्य सेवासंग सम्बन्धित सबै सेवालाई राष्ट्रियकरण गरेर उपचारलाई सहज पारेको थियो ।