
- कला बराल
एसीड पोखिएको
तिम्रो सन्तानको दागी अनुहार हेर्न
भो आमा छोरी नजन्माऊ,
वासनाको काखमा छुरा धसिएको
तिम्री छोरीको पीडा रुन
भो आमा छोरी नजन्माऊ,
तिमीले नजन्माइदिएकी छोरीका कारण
जनसंख्या विनाको संसार हेर्न
भो आमा छोरी नजन्माऊ,
त्यतिखेर अधर्मीहरू
एक थान देवी पाउन मन्दिर धाउने छन्
देवी पाउन अलाप विलाप गर्नेछन्
त्यसैले आमा, आज छोरी जन्माउन
एक रात ओथारो नबसिदेऊ !