भारतीय विदेशमन्त्री एस जयशङ्करको टिप्पणी विवादमा परेपछि भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’
शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले “दुई महान् भारतीय” भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई विश्वले सम्झने बताएका थिए।
भारतीय विदेशमन्त्री एस जयशङ्करको उक्त भनाइको नेपालमा चर्को आलोचना भयो। नेपालको परराष्ट्र मन्त्रालयले पनि गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको तथ्य निर्विवादित रहेको बतायो।
आइतवार भारतीय विदेश मन्त्रालयले आफ्ना विदेशमन्त्रीको टिप्पणी सच्याउँदै बुद्धको जन्मस्थल नेपालमा भएको कुरामा विवाद नरहेको जनायो।
Feature image : BBC