बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

बैदेशिक रोजगारी : महसुस नै नगरिएका बिकराल समस्याहरु

बिदेशबाट श्रम गरेर पठाएको आम्दानीको अपचलन लगायत श्रीमान श्रीमती नै गुमाउनु परेको धेरै घटना छन । अदालतमा बढदै गएका छोडपत्रको चाङ्ग, अलपत्र बालबालिका र बुढाबुढि, मानसिक रोगी र आत्म हत्याका घटना पनि त्यति नै बिकराल छन् । देशभित्र कामगर्ने सक्रिय जनशक्तिको अभाव छ । बैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक, आर्थिक र प्रसाशनिक समस्या यति बिकराल छ कि त्यसको समाधानमा अहिलेको कुनै पनि प्रयास पर्याप्त छैन, त्यस्ता चुनौती र अवसरका बारेमा निरन्तर भईरहनु पर्ने अध्ययन अनुसन्धान र सुधारका कार्यक्रम शुन्य छन । राज्यले रेमिट्य़ान्स गुमाउने दिन पनि आउन सक्छ । पैसामात्र सबैथोक होईन, खुशी र कल्याणका बिषय पनि संस्थागत हुँदै जानु पर्छ ...

अपराध, समाचार

अष्ट्रेलियाको खेल मैदान नै रणभूमिमा परिणत

अष्ट्रेलिया, सिड्नी । अष्ट्रेलियाली नेपाली समाजबीच लोकप्रिय, सबैभन्दा पुरानो र पहिलो लिग भनेर दाबी गरिएको गोर्खा नेप्लिज कम्यूनिटीले आयोजना गर्दै आएको जीएनसी लिगको खेलमैदानमै दुईपक्ष आक्रमणमै उत्रिएका छन् । यो सिजनमा पनि गोर्खालीको कार्यक्रम रणभूमिमा परिणत भएको छ ।  आइतबार दिउँसो सञ्चालित लिग अन्तर्गत क्याम्सी फुटबल क्लब र गोर्खा स्पर्स नामका दुई नेपाली समूदायका क्लबबीचको… Continue reading अष्ट्रेलियाको खेल मैदान नै रणभूमिमा परिणत

कानुन, समाचार

अस्ट्रेलियामा किन बढ्दै छन यस्ता घटनाहरु?

(अस्ट्रेलिया) — अस्ट्रेलियाको सिड्नीस्थित एउटै घरमा कोठा सेयर गरेर बस्ने दुई जोडीबीच झगडा पर्‍यो । झगडा कुटाकुटसम्म पुगेपछि उनीहरू प्रहरीसम्म पुग्नुपर्‍यो । स्थानीय एक वकिलको सहायतामा अहिले उनीहरू जमानतामा रिहा भएका छन् । केही समयअघि सिड्नीमै रातको समयमा एकआपसमा झगडा गरेर कुटाकुट गर्दा नेपाली विद्यार्थी जेलमा पुग्न बाध्य भए । यसैगरी, विदेशमा रहेकी आफ्नी प्रेमिकाको अन्तरंग फोटो सार्वजनिक गरिदिने धम्की… Continue reading अस्ट्रेलियामा किन बढ्दै छन यस्ता घटनाहरु?