एनआरएन, नेपाल-भारत सम्बन्ध

खोसिँदै देशको माटो : कसले दिन्छ न्याय र सुनिदिन्छ आवाज?

विश्वभरबाट जनता आफ्नो जमिनमाथि गरिएको एकातर्फी अतिक्रमणका बिरुद्ध जागेका छन तर सत्ता कानमा तेलहालेर बस्छ... काश्मिरका जनताले आफु स्वतन्त्र रहन चाहेको आवाज नसुनिएको विश्वमा नेपाली जनताले आफ्नो सिमाना मिचियो भनेर प्रमाण देखाउन कहाँ जाने जहाँबाट न्यायको प्रत्याभूति हुन सकोस… बुझिएकै छ कि जो बोल्न खोज्छन तिनको आवाज पनि नबोल्नेहरुबाटै किचिएको अवस्था छ…

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

बैदेशिक रोजगारी : महसुस नै नगरिएका बिकराल समस्याहरु

बिदेशबाट श्रम गरेर पठाएको आम्दानीको अपचलन लगायत श्रीमान श्रीमती नै गुमाउनु परेको धेरै घटना छन । अदालतमा बढदै गएका छोडपत्रको चाङ्ग, अलपत्र बालबालिका र बुढाबुढि, मानसिक रोगी र आत्म हत्याका घटना पनि त्यति नै बिकराल छन् । देशभित्र कामगर्ने सक्रिय जनशक्तिको अभाव छ । बैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक, आर्थिक र प्रसाशनिक समस्या यति बिकराल छ कि त्यसको समाधानमा अहिलेको कुनै पनि प्रयास पर्याप्त छैन, त्यस्ता चुनौती र अवसरका बारेमा निरन्तर भईरहनु पर्ने अध्ययन अनुसन्धान र सुधारका कार्यक्रम शुन्य छन । राज्यले रेमिट्य़ान्स गुमाउने दिन पनि आउन सक्छ । पैसामात्र सबैथोक होईन, खुशी र कल्याणका बिषय पनि संस्थागत हुँदै जानु पर्छ ...

दिगो विकास

भूमण्डलीकरण राम्रो हो, तर असान्दर्भिक सूचीहरु थपिएकोले परिणाम नराम्रा देखिए

अहिलेको व्यवस्थाबाट फाइदा लिईरहेको समुदाय बलियो छ र उसको हात र साथबाट बिकासको प्रतिफल गरिवको हातमा पुर्र्याउन लक्षित गरियो भने त्यो समुदाय – अदृश्य हात (Invisible hand) ले – राज्यलाई नै चुनौती दिन शुरु गर्दछ ।

ब्रेक्जीट

ब्रेक्जिटको सकस: डिल वा नोडिल !

वेलायतमा यहाँको ६५० संसदका लागि मिति १२ डीसेम्वर २०१९ का दिन भएको आम निर्वाचनमा कन्जरभेटीव अर्थात टोरी पार्टीले ३६५ सिट जितेर अत्यधिक बहुमत कायम गर्न सफल भएको छ। पार्टीलाई प्राप्त यस स्पष्ट जनादेशले अब प्रधानमन्त्रि ब्रेक्जिटमा जान बाटो खुलेको छ। यस पटकको निर्वाचन ब्रेक्जिटको सकसकै कारण पाँच बर्षमा तेश्रो पटक भएको थियो। अब जनवरीको निर्धारित… Continue reading ब्रेक्जिटको सकस: डिल वा नोडिल !

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग

प्रसङ्ग एक हाम्रो थप जिज्ञासामा उनले थपेका थिए- सबैभन्दा पहिले मरिन्छ कि बाँचिन्छ भन्ने मनमा आयो, त्यसपछि यसरि नै परदेशिएकाहरुको घरवार बिछोड भएको, पठाएका पैसो हिनामिना हुनुको साथै लिएको ऋण फर्काउन नसकेको, बाबु- आमा र वालबच्चाले दुख पाएका कुराहरु सम्झेर आङमा जिरिङ्ग जिरिङ्ग काँडा उम्रन्थ्यो र सोच्थ्यें- यदि त्यस्तै अवस्था ममाथि पनि आईपर्र्यो भने म… Continue reading मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग

बैदेशिक रोजगारी, Uncategorized

बैदेशिक रोजगारीलाई यसरि व्यवस्थित गराउन सकिन्छ

के नेपाल सरकार बैदेशिक रोजगारीलाई यसरि व्यवस्थित गराउन तत्पर छ? नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको कुरा तथ्यांकहरुले देखाएकै छन। विश्वमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने दशवटा देश भित्र नेपाल पर्दछ। अहिलेको कुल गार्हस्थ उत्पादनको झन्डै ३४ प्रतिशत राष्ट्रिय आम्दानीको श्रोत बैदेशिक रोजगारी अर्थात रेमिट्यान्स नै हो। सम्बृद्ध नेपाल बनाउनका लागि चाहिने आम्दानीका भरपर्दा श्रोत पनि बैदेशिक रोजगारी… Continue reading बैदेशिक रोजगारीलाई यसरि व्यवस्थित गराउन सकिन्छ