एनआरएन, नेपाल-भारत सम्बन्ध

खोसिँदै देशको माटो : कसले दिन्छ न्याय र सुनिदिन्छ आवाज?

विश्वभरबाट जनता आफ्नो जमिनमाथि गरिएको एकातर्फी अतिक्रमणका बिरुद्ध जागेका छन तर सत्ता कानमा तेलहालेर बस्छ... काश्मिरका जनताले आफु स्वतन्त्र रहन चाहेको आवाज नसुनिएको विश्वमा नेपाली जनताले आफ्नो सिमाना मिचियो भनेर प्रमाण देखाउन कहाँ जाने जहाँबाट न्यायको प्रत्याभूति हुन सकोस… बुझिएकै छ कि जो बोल्न खोज्छन तिनको आवाज पनि नबोल्नेहरुबाटै किचिएको अवस्था छ…

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

बैदेशिक रोजगारी : महसुस नै नगरिएका बिकराल समस्याहरु

बिदेशबाट श्रम गरेर पठाएको आम्दानीको अपचलन लगायत श्रीमान श्रीमती नै गुमाउनु परेको धेरै घटना छन । अदालतमा बढदै गएका छोडपत्रको चाङ्ग, अलपत्र बालबालिका र बुढाबुढि, मानसिक रोगी र आत्म हत्याका घटना पनि त्यति नै बिकराल छन् । देशभित्र कामगर्ने सक्रिय जनशक्तिको अभाव छ । बैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक, आर्थिक र प्रसाशनिक समस्या यति बिकराल छ कि त्यसको समाधानमा अहिलेको कुनै पनि प्रयास पर्याप्त छैन, त्यस्ता चुनौती र अवसरका बारेमा निरन्तर भईरहनु पर्ने अध्ययन अनुसन्धान र सुधारका कार्यक्रम शुन्य छन । राज्यले रेमिट्य़ान्स गुमाउने दिन पनि आउन सक्छ । पैसामात्र सबैथोक होईन, खुशी र कल्याणका बिषय पनि संस्थागत हुँदै जानु पर्छ ...

दिगो विकास

भूमण्डलीकरण राम्रो हो, तर असान्दर्भिक सूचीहरु थपिएकोले परिणाम नराम्रा देखिए

अहिलेको व्यवस्थाबाट फाइदा लिईरहेको समुदाय बलियो छ र उसको हात र साथबाट बिकासको प्रतिफल गरिवको हातमा पुर्र्याउन लक्षित गरियो भने त्यो समुदाय – अदृश्य हात (Invisible hand) ले – राज्यलाई नै चुनौती दिन शुरु गर्दछ ।

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग

प्रसङ्ग एक हाम्रो थप जिज्ञासामा उनले थपेका थिए- सबैभन्दा पहिले मरिन्छ कि बाँचिन्छ भन्ने मनमा आयो, त्यसपछि यसरि नै परदेशिएकाहरुको घरवार बिछोड भएको, पठाएका पैसो हिनामिना हुनुको साथै लिएको ऋण फर्काउन नसकेको, बाबु- आमा र वालबच्चाले दुख पाएका कुराहरु सम्झेर आङमा जिरिङ्ग जिरिङ्ग काँडा उम्रन्थ्यो र सोच्थ्यें- यदि त्यस्तै अवस्था ममाथि पनि आईपर्र्यो भने म… Continue reading मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग

प्रजातन्त्र र मानवाधिकार

के हो गैह्र नागरिक भनेको?

प्रजातन्त्र र मानवाधिकारका अन्तराष्ट्रिय मान्यताहरुले गैह्र नागरिकको हक अधिकार स्थापित गर्न सकेको छ? स्वदेशमा रहँदा नागरिकका हैशियत रहेको ब्यक्ति भौगोलिक सिमाना छाडेर अर्को देशमा जाने वित्तिकै उसको हैशियत गैह्र-नागरिक हुने गरेको छ। गैह्र-नागरिक त्यस्तो अवस्था हो जसका अधिकारहरु सिमित हुन्छन। नागरिकसंग राजनैतिक अधिकार रहन्छ भने गैह्र-नागरिकसँग त्यस्तो अधिकार रहदैन भनिएको छ। ती अधिकारहरुमा मताधिकारको अधिकार, श्रम… Continue reading के हो गैह्र नागरिक भनेको?